भरुवा बन्दुकसहित एक जना पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
इन्द्रावती गाउँपालिका वडा नं ८ अर्चले स्थित फुल बहादुर तामाङको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
बन्दुक फेला परेपछि उक्त घरमा बस्दै आएका वर्ष ५८ का लोक बहादुर तामाङलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान कार्य अगाडी बढाएको समेत प्रहरी नायव उपरक्षक बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्