तपाईँ सुन्दै हुनुहुन्छः

बरेवामा ई लाइब्रेरीको उद्घाटन

बारा । बाराको बरेवामा ९६ लाखको लागतमा निर्माण भएको सुविधा सम्पन्न ई लाइब्रेरीको उद्घाटन भएको छ । 


ई लाइब्रेरीको उद्घाटन कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले गर्नुभयो । दुर्गा नमुना माध्यमिक विद्यालय बरेवामा नमुना विद्यालय गुरु योजना अन्तरगत ई लाइब्रेरीको निर्माण भएको हो । ९६ लाखको लागतमा निर्माण भएको २ तल्ले सुविधा सम्पन्न लाइब्रेरी प्रदेशमै नमुना भएको यादवको भनाइ । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर रहिमा खातुन, वडा अध्यक्षहरू, नेपाली काँग्रेस बाराका सभापति जय चन्द्र चौरसिया, पूर्व मन्त्री कलावती पासवान, प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद बर्नवाल, प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button