तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कैलालीको जिल्ला समानान्तर कमिटी नेकपा (एस) मा समाहित

धनगढी । कैलालीमा नेकपा एमाले विभाजन हुनु अघि गठन भएको (माधव पक्षीय) जिल्ला समानान्तर कमिटी नेकपा (एकिकृत समाजवादी) मा समाहित भएको छ । धनगढीमा आज बसेको जिल्ला समानान्तर कमिटीको बैठकले एमाले परित्याग गरी नेकपा (एस)मा समाहित हुने निर्णय गरेको हो ।

एमाले निर्वाचित अध्यक्ष दीर्घ सोडारी नेतृत्वको जिल्ला समानान्तर कमिटी नेकपा (एस)मा परिणत भएको सचिव विमल जोशीले बताउनुभयो ।

एमालेमा विवाद बढेपछि माधव पक्षले कैलालीमा भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका अध्यक्ष दीर्घ सोडारीको नेतृत्वमा १ सय ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button