राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रिय सभाका पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८” पेश भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूको विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।
त्यस्तै आजको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्