प्रमुख प्रतिपक्षी दल एमालेद्वारा आज पनि संसद् अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसद्हरूको विरोधका कारण प्रतिनिधि सभाको आजको पहिलो बैठक अवरुद्ध भएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीले उठाएका विषयमा आफूले जवाफ दिइसकेको र सर्वोच्चमा विचाराधीन रहेकाले उक्त विषय बैठकमा नउठाउन पटक पटक आग्रह गर्नु भएको थियो ।
सभामुख सापकोटाको पटक–पटकको आग्रह पछि पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र विरोध कायमै राखेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नु भएको थियो ।
अवरोधकै बीच सभामुख सापकोटाले प्रतिपक्षी दलका सांसदहरूलाई बाढी, पहिरो र जनसरोकारमा विषयमा सांसदहरुले बोल्न चाहिरहेकाले बैठक सञ्चालनका लागि सहयोग गर्न पटक पटक अनुरोध गर्नु भएको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, विधिको शासन कायम गर र लोकतन्त्रको रक्षा गर जस्ता नारा लगाउँदै रोष्टम घेराउ गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्