प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसदहरुले रोष्ट्रममा आएर नाराबाजी शुरु गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार संसद् सुचारु गर्नको लागि सहयोग गर्न आग्रह गर्नु भएको थियो । तर एकोहोरा नाराबाजी भएपछि सभामुख सापकोटाले १५ मिनेटको लागि संसद् स्थगित गर्नु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्