तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा बनाउन सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवासमा जारी छ ।

बुधबारदेखि सुरु भएको संसद्लाई प्रमुख विपक्षी दलले सहज ढङ्गले सञ्चालन गर्न नदिएको पृष्ठभूमिमा आज अपराह्न पनि दुवै सदनका बैठक भएकाले रणनीतिक ढङ्गले अघिबढ्ने तथा संसदीय गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा आफूहरूबीच विचारविमर्श भएको बैठकमा सहभागी एक नेताले राससलाई बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादव, नेपाली काङ्ग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button