सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ ।
गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नलागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बैठकको पुष्टि गरेको छ ।
बैठकमा सरकारलाई पूर्णता दिने र एमसिसी पारित गर्ने या नगर्ने लगायतका ऐजेन्डामा साँझा धारण बनाउने विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्