तपाईँ सुन्दै हुनुहुन्छः

दनुवार गाउँमा पहिरो

सिन्धुपाल्चोक ।लगातारको वर्षाले मेलम्ची ११ दनुवार गाउँको छेउमा ठुलो पहिरो आएको छ । पहिरो खानी गाउँ घटेर टोल सम्म गएको र अझै झरी रहेको स्थानीय दशरथ दनुवारले जानकारी दिनुभयो ।

पहिरो बिस्तारै बस्ती तिर छिर्ने डरमा रात भरी सुत्न नसकेको दनुवारले बताउनुभयो । उहाँले पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button