६२ लाख हिनामिना गरी फरार भएका एक व्यक्ति पक्राउ

सिन्धुपाल्चोक । सहकारी मार्फत साँढे ६२ लाख हिनामिना गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
साँगाचोकमा दीप सिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेका ६७ जनाबाट सङ्कलित हरूको रकम हिनामिना गरेका प्रकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई २५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । सो तिर्न नसक्दा उनलाई कारागार चलान गरिएको छ ।
सहकारीमा मुद्दती खाताको हकमा तोकिएको समय पुगेपछि र साधारण खातामा जम्मा गरेको रकम जुनसुकै बखत झिक्न र आफूले चाहेको रकम जम्मा गरेमा राम्रो ब्याज दिने प्रलोभन दिई ६७ जना मानिसहरूबाट ६२ लाख ६६ हजार २ सय ३९ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्