महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष अब्दुल सत्तार नेतृत्वको टोलीले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो ।
पार्टीको प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरूलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन धर्ना बसेको अध्यक्ष सत्तारले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्