अदालतबाट भागेका थुनुवा पक्राउ
काभ्रेपलान्चोक । दुई हप्ताअघि बकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ ।
चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुलिखेलमा रहेका खानी खोला गाउँपालिका–६ का सुनिल वाइबालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइबा काभ्रेपलान्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्