तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा अहिलेसम्म १ करोड ७ लाख डोज खोप प्रयोग

काठमाडौँ । सरकारले माघदेखि शुरु गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अहिलेसम्म १ करोड ७ लाख ३९ हजार ८ सय ६४ डोज खोप लगाइ सकेको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको प्रेस विफ्रिङमा कोरोना विरुद्धको एक मात्रा खोप लगाउनेमा ५६ लाख ८३ हजार ६१ रहेको जनाएको हो । 

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ५६ हजार ८ सय ३ पुगेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

गएको २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । 

१६ दशमलव ७२ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइ सकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button