ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ दिप्लीघाटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी उदयपुरको कटारी घर भएका २५ वर्षीय चालक रमेश राउतको मृत्यु भएको हो ।
सामान बोकेर सल्लेरीबाट सोताङतर्फ जाँदै गरेको लु३त ५४५० नम्बरको ट्याक्टर बुधवार बिहान दुर्घटना हुँदा ऐसेलुखर्क खोटाङका १८ वर्षीय सहचालक प्रदीप दाहाल घाइतेको भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्