सोलुखुम्बुका सबै जनप्रतिनिधि एमालेमै
सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न तहमा नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिले पार्टी छाडेनन् ।
पार्टी विभाजन भएपछि विभाजित पार्टी रोज्नका लागि निर्वाचन आयोगले तोकेको समयभित्र कुनै जनप्रतिनिधि सनाखत गर्न नआएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नेकपा एमाले सोलुखुम्बुमा दुई जना प्रदेश सांसद, समन्वय प्रमुखसहित आठ जना, स्थानीय तहका विभिन्न तहमा निर्वाचित सहित १सय २५ जना जनप्रतिनिधि रहेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि मङ्गलवार सकिएको हो ।
प्रदेश र पालिकाका जनप्रतिनिधिलाई आयोगले दल रोज्न गएको भदौ २ गतेदेखि २१ दिनको समय दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्