तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका ४ जना जनप्रतिनिधिद्वारा नेकपा एकीकृत समाजवादीमा सनाखत

पोखरा । कास्कीका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रुपा र मादी गाउँपालिकाका एक÷एक जना र माछापुच्छ्रे गाउँपालिकाका २ जना ले एकीकृत समाजवादी रोजेको  निर्वाचन कार्यालय कास्कीले जनाएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ का बाबुराम भण्डारी र माछापुच्छ्रे–८ का लालबहादुर परियार तथा रुपा गाउँपालिका–५ का वडा सदस्य दामोदर घिमिरे, मादी गाउँपालिका–११ का रणबहादुर लामा एकीकृत समाजवादीमा गएका हुन् । 
निर्वाचन आयोगले लिएको समय सीमा भित्र उनीहरू चार जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । कास्कीमा चार स्थानीय तह मध्ये पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी पार्टी रोज्ने जनप्रतिनिधिहरू छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button