जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको भिड

जनकपुरधाम । कोरोनाका अवस्थामा सुधार आएपछि विगत केही दिनदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको अत्याधिक भीड बढेको छ ।
जिल्ला प्रशासन कार्यालयमा एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूले नागरिकता बनाउने र मधेसी प्रमाणित गराउनेहरूको अत्याधिक भिड रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
करिब ११ हजार विद्यार्थी एसइई उत्तीर्ण गरेकाले अधिकांशले नागरिकता तथा मधेसी प्रमाणितका लागि आउने गरेकाले भिड बढेको उहाँले बताउनुभयो ।
कोरोनाका कारणले विगत केही महिनासम्म कार्यालयको सेवा अवरुद्ध भएका कारणले पनि सेवाग्राही भीड बढेको उहाँले बताउनुभयो ।
अहिले एक दिनमा बढीमा ४ पालिकाका सेवाग्राहीहरूलाई मात्र सेवा प्रदान गर्ने काम हुँदा पनि भिड रहेको छ । सबै खुल्ला गर्यो भने थाम्नै समस्या आउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा अहिले कर्मचारीकोहरुको दरबन्दी पूर्ण रहेको छ । यसका बाबजुद कर्मचारीलाई भ्याईनभ्याईको अवस्था रहेको छ ।
खास गरेर नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, संस्था दर्ता, नवीकरण, अन्य प्रकारका ठाडो उजुरी दिन आउने सेवाग्राहीको भिड रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी अत्याधिक भिडको मौका छोपेर सेवाग्राहीसँग रकम लिएको आरोपमा मङ्गलवार साँझ मात्र जिल्ला प्रशासन कार्यालय धनुषाका उमेश चौधरीलाई ८ हजार ५ सय नायव सुब्बा पक्राउ परेका थिए ।
नायव सुब्बा पक्राउ परेपछि अहिले जिल्ला प्रशासन कार्यालय धनुषाको काम तीव्र रुपमा हुन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्