बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई को मृत्यु, १३ जना थपिए

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत त्रिवेणी गाउँपालिका वडा नम्बर ६ रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १३ सुर्खेतका ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ५ जनाको मृत्यु भएको छ ।
१३ जना थपिए
त्यस्तै बाँकेका प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको छ । आज १७ जना डिस्चार्ज भएका छन् ।
यहाँका तीन वटा प्रयोगशालामा गरिएको ७८ नमुना परीक्षणमा बाँकेका ८ जनासहित १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा १० जना, मेडिकलमा कलेज कोहलपुरमा १ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
हालसम्म बाँकेमा १८ हजार ६९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ६ सय ७२ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २९ जनाको मृत्यु भएको छ ।
जिल्लामा ९८ जना सक्रिय संक्रमित रहँदा २९ जना अस्पताल र आइसोलेसनमा छन् भने ९१ जना होम आइसोलेसनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्