शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष पोखरेलको निधन

पाल्पा । नेपाल शिक्षक सङ्गठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष बिष्णु प्रसाद पोखरेलको निधन भएको छ ।
पोखरेलको आज (बुधवार) बिहान निधन भएको परिवार स्रोतले जनाएको छ । नेपाल शिक्षक महासङ्घ पाल्पाका पुर्व अध्यक्ष तथा तानसेनस्थित पद्म पब्लिक माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक समेत रहनुभएका पोखरेलको हृदयाघातका कारण मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्