तपाईँ सुन्दै हुनुहुन्छः

अछामका २७ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजे

अछाम । अछाममा २७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी को पक्षमा सनाखत गरेका छन् ।

साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउद, साँफेबगर नगर उपप्रमुख प्रमुख विर्मलादेवि वुड्थापा, चौरपाटी गाउँपालिका वडा नं.३ गगुडका अध्यक्ष राम बहादुर साउद, वडा नं.४ पायलका वडा अध्यक्ष हर्क लोहराले समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्द प्रकाश थारुले जानकारी दिनुभयो ।

यस्तै साँफेबगर कार्यपालिका सदस्य जयन्ती बोगटी, जीतबहादुर निशानी, चौरपाटी कार्यपालिका सदस्य जीतबहादुर निशानी, ९ जना खुल्ला सदस्य, ५ जना दलित महिला सदस्य र ५ जना महिला सदस्यले समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत थारुले जानकारी दिनुभयो ।

अछामको साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमाको मङ्गलवार सम्म ती जनप्रतिनिधिले नयाँ दल रोजेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button