पोखरा दौड प्रतियोगितामा सन्तोषनाथ योगी प्रथम

पोखरा । पोखरामा भएको दौड प्रतियोगितामा सन्तोषनाथ योगी प्रथम हुनुभएको छ ।
पोखरा प्रोफेसनल फिजिकल फिटनेस सेन्टरले पोखरामा आज आयोजना गरेको ५ किलोमिटर दौड प्रतियोगितामा ४० जना प्रतिस्पर्धीलाई उछिन्दै योगीले नगद १० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।
पोखरा प्रोफेसनल फिजिकल फिटनेसका प्रबन्ध निर्देशक सन्दीप विकले आफ्नो जन्मोत्सवको दिनमा आयोजित उक्त दौड प्रतियोगितामा नीरज भट्ट क्षेत्री दोस्रो र सुनित चौधरी तेस्रो भए । उनीहरूले क्रमशः नगद ७ र ५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई नगद तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले कोभिड १९ महामारीपछि खेलकुद कार्यक्रमले गति लिन सुरु गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय पोखरा म्याराथनले सिङ्गो गण्डकी प्रदेशसँगै पोखराको पहिचान बनाउन भूमिका खेलेको प्रसङ्ग अघि सार्दै उहाँले यस्तै प्रकारका दौड लगायतका खेलकुद कार्यक्रमहरू परिषद्ले अगाडी बढाउन सोच रहेको समेत उल्लेख गर्नुभयो ।
उक्त दौड पोखराको पर्यटकीय क्षेत्र वडा नं ६ वैदाम हल्नचोकबाट सुरु भएको उक्त दौड जिरो किमी, मालेपाटन, बागलुङ बसपार्क हुँदै हरि चोकमा पुगेर सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्