तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँका प्रजिअमा गोविन्द रिजाल

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । 

उहाँलाई गृह मन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । 

आजको गृहमन्त्री स्तरीय निर्णयले सरुवा गरिएको हो । पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button