तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनुभएको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मन्त्री शाह र राज्यमन्त्री गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाउनु भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले लोकतन्त्र बलियो बनाउनका लागि विभाजनको पक्षमा सहमत हुन नसकी आफूले पार्टी रोज्दै पदबाट राजीनामा दिएको बताउनुभयो । 

२०७४ साल फागुनमा आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका शाह गत जेठमा आर्थिक मामिला तथा योजना मन्त्रीमा र गहतराज आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button