तपाईँ सुन्दै हुनुहुन्छः

८० लाख बढी मूल्यका कपडा बोकेका दुई ट्रक नियन्त्रणमा

वीरगञ्ज । नक्कली प्रज्ञापन पत्रको आधारमा ८० लाख मूल्य भन्दा बढीको भारतीय कपडा बोकेका दुई वटा ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । 


प्रहरीले २०७७–१०–२२ गतेको प्रज्ञापन पत्र भएको ना.३ ख ५१६५ नम्बरको ट्रक र २०७८–४–२१ गतेको प्रज्ञापन पत्र भएको ना ३ ख ५५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्न खोज्दा चालक फरार भएपछि दुवै ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई चेकजाँच गर्दा ८० लाख मूल्य भन्दा बढीको भारतीय कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । 


कपडा लोड भएका ट्रक वीरगन्जबाट चितवनतर्फ जान लागेको र बरामद कपडा सहितका ट्रकलाई थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो । ट्रक चालकहरू फरार भएकाले खोजतलास भइरहेको खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button