तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारका योजना सफल बनाउन निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारका योजना सफल बनाउनका लागि कर्मचारीहरूलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिनुभएको छ । 


निजामती कर्मचारी सेवा दिवस, २०७८ को अवसरमा मुख्यमन्त्री केसीले  जनगुनासो आउन नदिनका लागि कर्मचारीहरू प्रशासनलाई नयाँ अभियानमा लाग्न अनुरोध गर्नुभयो ।   


मुख्यमन्त्री केसीले निजामती प्रदेश सेवा कानुन बनाएर अगाडि बढ्ने कुरामा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button