तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट काम गर्ने दुई कर्मचारी सम्मानित

जुम्ला । १९ औ निजामती कर्मचारी दिवसका अवसरमा कर्मचारीलाई सम्मान गरिएको छ । 


निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट काम कार्यसम्पादन तथा सेवा प्रवाह गरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा कार्यरत दुई जना कर्मचारी सम्मानित भएका हुन् । 


उत्कृष्ट काम गरेको भन्दै मङ्गलवार एक कार्यक्रममा बिच सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सब–इन्जिनियर चन्द्र खड्का र लेखा अधिकृत तिलक डाँगी सम्मानित भए । 


प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ तथा सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका प्रमुख जगदीश लामिछानेले खड्का र डाँगीलाई सम्मान पत्र हस्तान्तरणसहित खादा ओढाएर सम्मान गरेका हुन् । 


प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले उत्कृष्ट काम गर्ने कर्मचारी थप हौसला प्रदान गर्न सम्मान तथा प्रोत्साहनका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । 


सम्मानले आफूलाई सेवा प्रवाह तथा कार्य सम्पादनमा थप जिम्मेवारी थपिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय सब इन्जिनियर चन्द्र खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button