तपाईँ सुन्दै हुनुहुन्छः

आगामी चुनावमा एमाले पहिलो पार्टी बन्छ : केपी शर्मा ओली

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले देशको पहिलो दल बन्ने भन्दै कार्यकर्तालाई एक ढिक्का भएर काम गर्न अनुरोध समेत गर्नु भएको थियो । 
वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाउनु भएको छ । मङ्गलवार पोखरा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दे ओलीले सरकारले  कानमा तेल हालेर निदाएको आरोप लगाउनु भएको हो ।  

उहाँले भन्नु भयो “दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा भारतले अनधिकृत रूपमा हेलिकोप्टर उडाइएको विषयमा सरकार निदाएर बसेको र देश समस्यामा गइरहेको बेला पनि सरकार चुप लागेर बस्नु दुर्भाग्यपूर्ण भएको उनले औँल्याउनु भएको हो । 
एमाले विभाजन पछि पहिलो पटक पोखरा आउनु भएका ओलीले पार्टी फोडेर जाने माधव नेपाललाई इंकित गर्दै भन्नु भयो कसैले पार्टी छोडेर जाँदैमा नेकपा एमाले नडगमगाउने अध्यक्ष ओलीको भनाई थियो । एमाले पार्टी जनताको पक्षमा भएकाले जनतालाई अल्मल्याउन  नभई जनस्तर उकास्न र विकासका लागि जन्मिएको पार्टी भएको ओलीको दाबी थियो । 

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भन्नु भएको छ । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको भनाइ थियो । अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको बताउनु भयो । 

हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उहाँले  बताउनुभयो । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button