तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी विभाजनले एमालेमा १० प्रतिशत नोक्सानी : नेता पाण्डे

पोखरा । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५ देखि १० प्रतिशत नोक्सानी भएको बताउनु भएको छ । कास्की एमालेले आज पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई पाण्डेले सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो एकताको पक्षमा उभिरहेका बेला माधव नेपालसहितका नेताहरू पार्टी फोडेर जानु ठुलो गल्ती भएको उहाँको भनाई थियो । 

नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको सुनिएको छ त्यो पनि आउने आउने दिनमा मिलाउने गरी काम अगाडि बढेको छ  हामीलाई हुने क्षति  पूर्ति गर्न हामीले अब काम गर्नुपर्नेछ ।’ अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै उहाँले  त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । 

नेकपा एमाले सबैको साझा घर भएको र यही रहेरै अगाडि बढ्नु पर्ने नेता सुरेन्द्र पाण्डेको भनाई थियो । ‘जो पार्टी छोडेर गयो, उहाँहरूलाई हामीले अन्तिम समयसम्म पनि पार्टीमा बस्न र पार्टी नछोड्न आग्रह गरेका थियो  नेकपा एमाले हामी सबैको घर हो, यही बसेर अगाडी बढौँ । यही हामीले अपिल गर्‍यौँ । तर उहाँहरूले अन्तिममा छोडेर जानुभयो ।’ उहाँले भन्नु भयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button