पितृ तथा देव कार्यका लागि घर घरमा कुश भित्र्याइयो

जनकपुरधाम । मिथिलामा आज कुशे औँसी मनाइदैछ । जनकपुरधाम आसपास सहितका गाउँ क्षेत्रमा पनि बुबा गुमाएका छोराहरूले पवित्र कुश उखेलेर घरमा भित्राएका छन् । कुश उखेल्नका लागि धार्मिक क्षेत्र दुग्धमति आसपासमा ठुलो भिड रहेका थिए ।
आजको दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न पवित्र कुश उखेलेर घर–घरमा भित्र्याउने चलन रहेको छ । कुशलाई विष्णुको रूपमा मानिन्छ ।
ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । आज कुशे औँसीको अवसरमा अवसरमा छोराछोरीहरू आ–आफ्ना बाबुलाई मन पर्ने खानेकुरा, मिठाई , फलफूल लगायतको भोजन गराई आदर सम्मान प्रकट गर्दे बाबुको मुख हेर्ने चलन रहेको छ ।
बुबाको स्वर्गवास भएका छोराछोरीहरूले पवित्र नदी, पोखरी लगायतको जलाशयमा स्नान गरी आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।
आजको आफ्ना स्वर्गीय बुबाको नाममा तर्पण तथा पीण्डदान गर्न जनकपुरको गंगासागर, धनु सागर, अङ्गराजसरमा सर्वसाधारणको भीड लागेको छ । आजको दिन तर्पण र पीण्डदान गर्नाले स्वर्गीय पिताको आत्मले शान्ति एवं मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास रही आएको छ ।








प्रतिक्रिया राख्नुहोस्