तपाईँ सुन्दै हुनुहुन्छः

चीनका लागि जर्मनीका राजदूतको आकस्मिक निधन

चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । उहाँ ५४ बर्षीय हेकरले यस पहिले जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकारका रूपमा यस पहिल्यै काम गरिसक्नु भएको थियो ।

कार्यभार सम्हालेको केही दिनमै उहाँको आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालयले पुष्टि गरेपनि उहाँको मृत्युबारे विस्तृत विवरण दिइएको छैन ।

‘चीनका लागि जर्मनीका राजदूत डा. ज्यान हेकरको आकस्मिक निधनले गहिरो दुःख र निराशा’ उत्पन्न गराएको जर्मन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । हेकरका पत्नी र तीन छोराछोरी छन् ।

शुक्रबार स्वस्थ रुपमा एक सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका हेकरको सोमबार आकस्मिक रुपमा निधन भएको जर्मन सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत अगस्ट १ मा बेइजिङ आइपुगेका हेकरले क्वारेन्टाइन अवधि पार गरेपछि अगस्ट २४ मा कार्यभार सम्हाल्नुभएको थियो ।एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button