तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेसँगै काग्रेंसले ससदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे बस्नेछ ।

बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button