कांग्रेस कास्कीको अधिवेशनः ६६ निर्विरोध, ६ वडामा चुनाव

पोखरा । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको पहिलो चरण अन्तर्गत कास्की जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भएको छ ।
चार गाउँपालिका र एक महानगरपालिका रहेको कास्कीका ७२ वडामध्ये ६६ वटामा निर्विरोध नेतृत्व चयन भएको कास्की काँग्रेसले जनाएको छ । पोखरा महानगरपालिका ४,६,५,१४,३० र ३३ नम्बर वडामा निर्वाचन भएको नेपाली काङ्ग्रेस कास्की कार्यालय मुख्य सचिव विजय अधिकारीले जानकारी दिनुभयो ।
अधिकांश स्थानमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिए पनि केही वडामा भने चुनाव भएको थियो । जिल्लाका पोखरा महानगरपालिकासहित पाँच पालिकाका ७२ वडामा क्षेत्रीय प्रतिनिधि र वडा एकाइ कार्यसमिति चयन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा महिलाको सहभागिता तोकिएको सङ्ख्यामै भए पनि वडा कार्यसमितिको नेतृत्वमा महिला सङ्ख्या निकै कम रहेको छ । कास्कीका ७२ वडामध्ये सबै वडामा पुरुषहरू सभापतिमा निर्वाचित भएका छन्
काङ्ग्रेसको अधिवेशनमा कास्कीका अधिकांश स्थानमा युवाहरू निर्वाचित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्