मनी चेञ्जर लुट गएका युवकको करेन्ट लागेर मृत्यु
बीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडी चोकमा सञ्चालित मारिया मनी चेञ्जरमा लुटपाट गर्न गएको अवस्थामा एक जनाको मृत्यु भएको छ ।
मनी चेञ्जरको टिनको छाना माथि करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
मृत्यु भएको युवकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।
शनिवार राति पर्साको लंगडीस्थित एनआईसी एसिया बैङ्कको सोही स्थानमा रहेको शाखामा सटर फोडेर चोरीको प्रयास भएको थियो ।
प्रहरी स्रोतका अनुसार बैङ्क लुट्ने प्रयास भएकै दिन मनि चेञ्जर लुट्ने प्रयास गरेको र सो क्रममा छानाको टिन हटाउने क्रममा युवकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्