पोखरामा छाडा चौपाया नियन्त्रण अभियान सुरु

पोखरा । पोखरा महानगरपालिकाले नगरमा छाडा चौपायालाई व्यवस्थापन अभियान सुरु गरेको छ ।
शनिवारदेखि पालिकामा देखिने छाडा चौपायाहरुलाई मनपाले नियन्त्रणमा लिएर व्यवस्थापन गर्न थालेको हो ।
पछिल्लो समय सडकमा छाडा चौपायाहरुका कारण सडक दुर्घटना बढेको जन गुनासो आउन थाले पछि महानगरले छाडा चौपायाहरुलाई नियन्त्रणमा लिएर व्यवस्थापन गर्न लागेको हो ।
शनिवार र आइतबार पालिकाका विभिन्न स्थानमा खटिएका कर्मचारीहरूले मुख्य बजारका सडकमा अनुगमन गर्दा ७१ वटा चौपाया भेटिएको र उक्त चौपायालाई नियन्त्रणमा लिइएको महानगर फोहोर मैला व्यवस्थापन शाखाका नायव सुब्बा हर्क गायकले बताउनुभयो ।
महानगरको निरीक्षण शाखा, फोहोर मैला व्यवस्थापन शाखा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संलग्नतामा अभियान सञ्चालन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्