तपाईँ सुन्दै हुनुहुन्छः

२ लाख ४९ हजार बढीको अवैध समान बरामद

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले २ लाख ४९ हजार बराबरको अवैध समान बरामद गरेको छ । 


इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले नगरपालिकाका विभिन्न क्षेत्रमा गस्ती गर्ने क्रममा भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न ब्रान्डका साडी, जुत्ता, सर्ट र लेडिज सुट लगायत विभिन्न समान बेवारिसे अवस्थामा फेला पारिएको जनाएको छ । 


सामानको अन्दाजी मूल्य २ लाख ४९ हजार ५ सय ५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । 


बरामद गरिएको समान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button