तपाईँ सुन्दै हुनुहुन्छः

बजार अभावले पातारासीका किसानको ४० क्विन्टल प्याज थन्कियो

जुम्ला । बजार अभावले जुम्ला पातारासीका किसानको लाखौँको प्याज कुहिने अवस्थामा पुगेको छ । 


जेठ महिनामा कोरेर भण्डारण गरिराखेको प्याज हालसम्म बजारमा पुर्‍याउन नसक्दा कुहिन थालेको हो । भण्डारण गरेर राखेको लाखौँको प्याज कुहिन थालेपछि किसान चिन्तित भएका छन् । 


बजार व्यवस्थापनका लागि सरोकारवालाहरूलाई सहजीकरण गरिदिन किसानहरूको माग छ । 


जुम्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा प्याज खेती हुन्छ । चन्दननाथ नगरपालिका १ तलिचौरलाई प्याजको भण्डारणका रुपमा हेरिँदै आएको छ । 


गत वर्ष जुम्लाको प्याज सुर्खेत, नेपालगन्ज, काठमाडौँ, बुटवल, जाजरकोट कैलालीसम्म पुगेको थियो । गत वर्ष बारीमै ७० रुपैयाँ केजीमा प्याज बेचेको किसानहरू बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button