१ बर्ष बढीको तलब नपाएपछि परिवारसहित अनशनमा
बैतडी । बैतडीको शिवनाथका शिक्षक करण राना १४ महिना सम्मको तलब नपाएपछि परिवारसहित अनशनमा बस्नुभएको छ । उहाँ हिजोदेखि जिल्ला समन्वय समितिको कार्यालय अगाडी अनशनमा बस्नुभएको हो ।
शिवनाथ गाउँपालिका वडा न. ६ स्थित हिरापुर माविमा राहत कोटाका शिक्षक राना ६ बर्ष अघि गाउँबाट विस्थापित भएपछि दशरथ चन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काज सरुवा गरिएकोमा तलब नपाएपछि अनशन बस्नुभएको हो ।
पदस्थापन गरिदिनका लागि कागजात तयार गरे पनि जिल्ला शिक्षा समितिले आनाकानी गरेकाले न्यायका लागि अनसन बसेको रानाले बताउनुभयो । पदस्थापनका लागि पटक पटक आश्वासन दिए पनि माग पुरा नगरेकाले श्रीमती र ४ छोराछोरीसहित अनशनमा बसेको रानाको भनाइ छ ।
रानाको माग सम्बोधनका लागि पहल भइरहेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्