देशभरबाट १ हजार ८ सय ९७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । आज देशभर १ हजार ८ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
११ हजार ६ सय ९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ४ सय ८८ जना तथा ४ हजार ३ सय ७० वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४ सय ९ जना गरी जम्मा १ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज १० वर्ष मुनीका ३० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ११ वर्षदेखि २० वर्ष तलका १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १ हजार ७ सय ४३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ८ सय ५८ जना पुगेको छ ।
आज १ लाख ७२ हजार २ सय ३२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । यो सँगै अहिलेसम्म कोरोनाको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४९ लाख ६२ हजार ७ सय ५९ पुगेको छ ।
यस्तै देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३० हजार ९ सय ७३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
जसमा ५ सय १२ जनाले आइसियु र १ सय ६३ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्