तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय स्थल चन्द्रकोट गढीको उद्घाटन

तनहुँ । तनहुँको बन्दिपुरमा पुननिर्मित चन्द्रकोट गढीको उद्घाटन गरिएको छ । बन्दिपुर–५ चन्द्रकोटमा पुनः निर्माण भएको चन्द्रकोट गढीको गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापाले सोमबार उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले गढीको पुरातात्त्विक महत्त्व रहेको बताउँदै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनुभयो । 

गढीको गाउँपालिकाको पाँच लाख रुपैयाँको लागतमा पुनः निर्माण भएको हो । बाइसे चौबिसे राज्यको पालामा रहेको गढी लामो समय भग्नावशेष रुपमा रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले गाउँपालिकाले बन्दिपुर क्षेत्रको विकास गर्न लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले गढीको प्रचार–प्रसारमा सञ्चार क्षेत्रले यथेष्ट सहयोग गर्ने बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीय स्थलको रुपमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो । 

बन्दिपुर वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेलले चन्द्रकोट गढी संरक्षणमा गाउँपालिका सफल भएको बताउनुभयो । चन्द्रकोट गढी विश्वमाझ चिनाउने आवश्यक रहेको वडाध्यक्ष पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button