तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा दिवसमा धनुषामा वृक्षारोपण कार्यक्रम

जनकपुरधाम । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन मूल नारा सहित आज देखि तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर धनुषा जिल्लामा निजामती सेवा दिवस, २०७८ मनाउन थालिएको छ । 

राष्ट्रसेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान अन्तर्गत विभिन्न जातको दुई सय भन्दा बढी वृक्षहरू वृक्षारोपण जनकपुर– ढल्केवर ६ लेन सडक आयोजनाको डिभाइडरमा आज बिहान गरिइएको छ ।

प्रदेश नंं २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, आधिकारिक निजामती कर्मचारी युनियन सहित विभिन्न निजामती कर्मचारी सङ्गठनका पदाधिकारीहरू, अधिकृत संगम धनुषाका पदाधिकारीहरू तथा कर्मचारी एवं सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता रहेका थियो । 

जनकपुर– ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत रोपिएका वृक्षको संरक्षण गर्ने काम डिभिजन वन कार्यालय धनुषालाई तोकिएको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत भोलि २२ गते बिहान जानकी वृद्धाश्रम तथा सद्कविर अनाथ वालवात्सल्य आश्रममा फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ । 

यसै गरी पर्सी २३ गते जनकपुरधामको जनक चौकमा रक्तदान कार्यक्रम रहेको छ । रक्तदान कार्यक्रमको संयोजन अधिकृत संगम धनुषाले गर्ने कार्यक्रम रहेको छ । यस वर्ष कोरोना महामारीको अवस्था भएका कारणले कुनै भिडभाड हुने गरी कार्यक्रमको निर्धारण गर्ने काम नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button