तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले किच्दा एकको मृत्यु

 पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ । 

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित लक्ष्मीचौकमा ट्याक्टरले किचेर सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय अभिषेक आङदम्वे रहेका छन् । प्रदेश नम्बर १०१–००१ त ९०३४ ट्याक्टरले अभिषेकलाई पछाडिको चक्काले किचेको थियो ।  

गम्भीर घाइते भएका उनको उपचारको लागि आधारभूत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्याक्टर र  चालक सोही स्थानका २८ वर्षीय आइतहाङ आङदेम्वेलाई इलाका प्रहरी कार्यालय रविले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button