तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजमा एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी । सप्तरीको राजविराजमा एक जना अहेव अध्ययनरत विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृतक सिरहा जिल्ला लक्ष्मीपुर वडा नं। ७ घर भएका छिरज मण्डल रहेका छन् । 

भारदहको उपेन्द्र दासको घरमा दुई महिना भन्दा बढी दिनदेखि भाडामा बस्दै आएका मण्डलको आइतबार दिउँसो पौने पाँच बजेतिर झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 

प्रहरीका अनुसार उनी सप्तरीको राजविराज स्थित राजदेवी टेक्निकल इन्सिच्यूटमा अहेव पढेर स्वास्थ्य सम्बन्धी प्रयोगात्मक अध्ययन ओ.जि.टि. गर्न हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहको भारदह अस्पतालमा आएका थिए ।

मण्डलको मृत्यु के कारणले भएको हो भन्ने यर्थाथ खुल्न सकेको छैन र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्मार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button