तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बिर्तामोडमा डेरामै अटो चालकको हत्या

भद्रपुर, झापा । झापाको बिर्तामोड–४ मा डेरा गरी बस्ने एक जना अटो चालक डेरामै मृत अवस्थामा भेटिएका छन् । कचनकवल ३ निवासी ५० वर्षीय अटो चालक भात्रु राजवंशीको आइतबार बिहान डेरामै भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या भएको आशङ्का गरिएको छ ।

मृतकको अनुहार र टाउकामा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।

राजवंशी स्थानीय खेमप्रसाद श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए ।मृतकका १५ वर्षीय छोरा देव नारायण राजवंशीले आफ्नो बुवाको हत्या कान्छा काकाले गरेको भनी प्रहरीमा किटानी जाहेरी दिनुभएको छ । प्रहरीले हाल फरार रहेका मृतकका भाइ ३८ वर्षीय रतनलाल राजवंशीको खोजतलास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button