तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो।

बच्चा र वृद्धाको शव फेला परेको प्रनाउ सुवेदीले बताउनुभयो ।

मृत्यु भएकाहरूको नाम खुलेको छैन। पहिरोमा परेर दुई जना घाइते भएका छन्। मृत्यु भएका दुई जना एकै परिवारका हुन्।

पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button