तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय सैन्य खेलकुद सम्पन्न

रुसमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सैन्य खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । 

शनिबार राति भव्य कार्यक्रमका बिचमा प्रतियोगिताको अन्त्य भएको उच्च अधिकारीहरूले घोषणा गरेका थिए । 

समापन समारोह राजधानी मस्को क्षेत्रमा पर्ने अलाबिनो प्रशिक्षण मैदानमा भएको थियो । 

प्रतियोगिताको उपाधि रुसले नै हात पारेको छ भने चीन दोस्रो भएको छ । प्रतियोगितामा ४० देशका खेलाडी सहभागी भएका थिए । 

पछिल्लो दुई हप्तामा प्रतियोगितामा २७७ समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता रुसी रक्षा मन्त्रालयको सक्रियतामा आयोजना गरिएको थियो ।

विश्वभरीका सैनिकहरूलाई एक अर्कासँग सम्बन्ध सुमधुर बनाउन, अनुभव आदानप्रदान गर्न, सीप तथा कौशलता प्रदर्शन गर्न राम्रो अवसरको रूपमा यस प्रतियोगितालाई लिने गरिन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button