ब्याडमिन्टन प्रतियोगितामा कमल र सरोजको जोडी च्याम्पियन

तनहुँ । तनहुँको शुक्लागण्डकी ब्याडमिन्टन यूथ क्लबले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ‘वि लेभल’ मा कमल राना र सरोज खवासको जोडी प्रथम भएको छ ।
भिमाद चोकस्थित त्रिवेणी ब्याडमिन्टन हलमा शुक्रवारदेखि आयोजना भएको प्रतियोगितामा कमल र सरोज प्रथम भएका हुन् ।
फाइनलमा देव गुरुङ र अमित रानाको जोडीलाई पराजित गरेका उनीहरूले पुरस्कार स्वरूप नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै द्वितीय भएको जोडीले नगद १५ हजार, ट्रफी तथा मेडल पाए ।
तृतीय भएका दमौलीका अमर थापा र सागर थापा तथा पोखरा चाउथेका सिद्धार्थ आले र डोलराज गुरुङको जोडी नगद ५–५ हजार सहित पुरस्कृत भए ।
वि लेभलको प्रतियोगिताका लागी देशका विभिन्न जिल्लाबाट सहभागी भएका ३२ समूह उपस्थित थिए ।
प्रतियोगिता अन्तर्गत शुक्लागण्डकी नगर स्तरीय ‘सि लेभल’ मा तुलाराम थापा र सफल भुजेलको जोडीले फाइनलमा नवीन थापा र दीपेन्द्र थापाको जोडीलाई पराजित गरे । उनीहरूले क्रसम १० हजार र ५ हजार सहित ट्रफि र मेडल प्राप्त गरे ।
शनिबार सम्पन्न भएको खेलको महिला विधातर्फ इलाका प्रहरी कार्यालयमा कार्यरत सरस्वती चौधरी र सरिता थापाको जोडी प्रथम भयो । उनीहरूले शनिसरा थापा र देवी थापाको जोडीलाई पराजित गरेका थिए ।
प्रथम र द्वितीय भएको जोडीले क्रमशः ८ हजार र ५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा नव खेलाडी विद्यातर्फ बुद्धिबहादुर थापा र कुमार थापा, भूपाल थापा र दिनानाथ चौधरी तथा ज्ञानबहादुर खड्का र सन्तोष श्रेष्ठको जोडी क्रमशः प्रथम द्वितीय र तृतीय बने । उनीहरूलाई नगद, ट्रफी र मेडलसहित टिसर्ट प्रदान गरेर सम्मानित भए ।
प्रतियोगिताकै सफल खेलाडी बने सफल
सानै उमेरमा ब्याडमिन्टन खेलमा पोख्त रहेका शुक्लागण्डकीका सफल भुजेल प्रतियोगिकै नव–उत्कृष्ट खेलाडी बन्न सफल भए । भर्खर १० बर्ष पुरा भएका भुजेल सयौँ खेलाडीहरू बिच उत्कृष्ट घोषित भएका हुन् ।
उनी शुक्लागण्डकी नगर स्तरीय लेबल वि तर्फ प्रथम समेत भएका खेलाडी हुन् । उनलाई आकर्षक पुरस्कारसहित सम्मान गरिएको प्रतियोगिताका संयोजक कमल रानाले जानकारी दिए ।
प्रतियोगितामा विष्णु अधिकारीलाई ज्येष्ठ खेलाडी तथा मनिता राना र दिलिशा रानाको जोडीलाई उत्कृष्ट महिला खेलाडीबाट सम्मान गरिएको थियो ।
प्रतियोगितामा देशभरका १३ जिल्लाबाट खेलाडीहरू सहभागी भएको आयोजकले जनाएको छ । पछिल्लो समय ब्याडमिन्टन खेलमा आकर्षण बढ्दै जान थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्