तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा लोसपामा थप तीन जना प्रदेश सभा सदस्यले सनाखत गरे

जनकपुरधाम । जनता समाजवादी पार्टीका थप तीन जना प्रदेश सभा सदस्यले  लोकतान्त्रिक समाजवादी पार्टी रोज्दै आज सनाखत गर्नु भएको छ । 

यसरी पछिल्लो पटक सनाखत गर्नेहरूमा अभिराम शर्मा, रानी शर्मा तथा उपेन्द्र महतो रहनु भएको प्रदेश नंं २ को जनकपुरधाम स्थित निर्वाचन कार्यालयले जनाएको छ । यस अघि जसपावाट १२ जनाले सनाखत गरी सकेका छन् । 

प्रदेश नंं २ मा जनता समाजवादी पार्टीमा ५५ जना रहेकोमा आजसम्म आएर १५ जना प्रदेश सभाका सदस्यहरूले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोज्नु भएको छ । जसपाका नेता जितेन्द्र सोनल सनाखत गर्न बाँकी नै रहेको छ । 

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रदेश नंं २ मा २५ जना निर्वाचित हुनु भएको थियो । अझै केही प्रदेश सभाका सदस्यहरु जनता समाजवादी पार्टीमा आउने सम्भावना रहेको छ ।

यसै बीच धनुषा जिल्लाको हंशपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा सहित जनता समाजवादी पार्टीमा रहनु भएका अधिकांश निर्वाचित जनप्रतिनिधि लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button