तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट गत वर्ष ७३ करोडको कृषिजन्य बस्तु निकासी

सल्यान । सल्यानबाट गत आर्थिक वर्ष २०७७–०७८ मा ७३ करोड बढीको कृषि जन्य उपज निर्यात भएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार गत आ.व. मा ७३ करोड ५९ लाख ११ हजारको कृषि जन्य बस्तु निकासी भएको हो । 


जिल्लाबाट सबैभन्दा धेरै अदुवा १५ हजार ८ सय ७२ मेट्रिक टन निकासी भएको छ । जसबाट ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको छ । यस्तै ताजा तरकारी ८ हजार ५ सय ५० मेट्रिक टनबाट २० करोड ५२ लाख रुपैयाँ किसानले हात पारेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । 


गत आ.व.मा बेसार १०४१ मेट्रिक टनबाट २ करोड ६९ लाख, वर्षे आलु १५७० मेट्रिक टनबाट ५ करोड, मह २ दशमलवबाट २१ लाख भित्रिएको छ । यस्तै २९ लाख २५ हजार, भटमास ४२, सुन्तला १८७०, कोदो ४५ मेट्रिक टनबाट १२ लाख, र मकै ७३ मेट्रिक टनबाट २३ लाख रुपैयाँ भित्रिएको बस्नेतको भनाई छ । 


आ.व. २०७६–०७७ मा ६५ करोडको कृषि जन्य बस्तु निकासी भएकोमा गत वर्ष बढेर ७३ करोड पुगेको उनले बताए । अन्य कृषि जन्य बस्तुको निकासी बढे पनि सुन्तला र महको उत्पादन भने वसेर्नी घट्दै गएको उनको भनाई छ ।


जलवायु परिवर्तनको असर, सुन्तलाको रुख बुढो हुँदै जानु तथा रोग किराका कारण सुन्तलाको उत्पादन वार्षिक घट्दै गएको बस्नेतले  बताए । आ.व. २०७६–०७७ मा २७ करोडको सुन्तला निकासी भएकोमा गत वर्ष ७ करोड ८५ लाखको मात्र निकासी भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button