तपाईँ सुन्दै हुनुहुन्छः

बन्दिपुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–२ पौवामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सहचालक सामान्य घाइते छन् । 

गए राति करिब साढे १० बजे ग१त ३११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । ट्याक्टर तीव्र गतिमा रहेकाले अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक सोही ठाउँका २३ वर्षीय सुदीप कपाली र सहचालक ३५ वर्षीय माधव विकलाई उपचारका लागी लक्ष्मी अस्पताल डुम्रे पठाइएको थियो ।

उपचारकै क्रममा कपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । सहचालक प्रहरीकै निगरानीमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button