तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक यादव ठाकुरको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक यादव ठाकुरको ७० वर्षको उमेरमा आज निधन भएको छ ।

मधुमेह र मिर्गौला रोगबाट पीडित ठाकुरलाई एक साताअघि हदयघात भई काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

करिब ३२ वर्ष रेडियो नेपालको  सेवा रहनुभएका ठाकुरका श्रीमती , एक छोरा र तीन छोरी हुनुहुन्छ ।

ठाकुरको निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button